अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा मंगलबार (भदौ २४) सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
यस दिन सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य तोलाको दुई लाख १४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
सोमबार (भदौ २३) छापावाल सुन प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको दुई हजार ५१५ रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो । सोमबार चाँदी प्रतितोला दुई हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ ११:२३
प्रतिक्रिया दिनुहोस्