site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई दिन सेयर कारोबार नहुने

काठमाडौं । पुँजी बजारमा बुधबार र बिहीबार सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।

“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ,” नेप्सेले बुधबार सार्वजनिक गरेको सूचनामा भनेको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्