काठमाडौं । नेपाल बिमा प्राधिकरणले सम्पूर्ण निर्जीवन तथा लघु निर्जीवन बिमा कम्पनीहरूलाई हालैको आन्दोलनका कारण भएको क्षति विवरण बुझाउन निर्देशन दिएको छ । समितिले बिहीबार एक पत्रमार्फत हालैको 'जेनजी'को प्रदर्शनबाट भएको क्षतिको विवरण तत्काल बुझाउन निर्देशन दिएको हो ।
प्राधिकरणले तयार गरेको गुगल एक्सल सिटमार्फत विवरण बुझाउनुपर्ने पत्रमा उल्लेख छ । प्रदर्शनबाट भएको क्षतिको दाबी फर्छ्यौट छिटो गर्न पनि भनिएको छ ।
देशका विभिन्न स्थानमा ०८२ भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उक्त परिस्थितिका कारण बिमितको धनसम्पतिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्यौट गर्न निर्देशन दिइएको छ ।
परिस्थितिका कारणले भएको क्षतिको बिमा दाबी विवरण साप्ताहिक रूपमा प्रत्येक हप्ताको बुधबार बुझाउन निर्देशन दिइएको छ ।
