काठमाडौं । जेन्जीको प्रदर्शनपछि नेपालतर्फ आउने अत्यावश्यक वस्तु आयात सहज हुन थालेको छ । भ्रष्टाचारविरुद्ध जेन्जी पुस्ताले गरेको आन्दोलनका कारण केही दिन नाका ठप्प रहेको थियो ।
अहिले सेना तथा प्रहरीको सहयोगमा अत्यावश्यक सामग्री आयात भइरहेको भन्सार विभागका निर्देशक किशोर वर्तौलाले जानकारी दिए ।
वर्तौलाका अनुसार प्रदर्शनका कारण मेची, कैलाली, भैरहवा, जनकपुर बढी क्षति पुगेको छ । देशको मुख्य भन्सार कार्यालको गेटमा आगजनीबाहेक अन्य कुनै क्षति नभएको उनले बताए ।
वीरगन्ज सीमा नाकामा रोकिएका पेट्रोलियम पदार्थ बिहीबार भित्रिएका छन् ।
भारतीय पक्षले कुनै अवरोध नगरेको र निरन्तर रूपमा सहजीकरणको आग्रह गरे पनि नेपाली पक्षमा सुरक्षा अवस्था र जनशक्ति अभावका कारण ढुवानी प्रभावित भएको भारतीय सीमा निकायले जनाएको छ ।
भारतीय पक्षका अनुसार नेपाली भन्सार र सुरक्षातर्फको अनुमति पर्खिरहेका पेट्रोलियम ट्यांकरसहितका कार्गोहरू विभिन्न स्थानमा रोकिएका छन् ।