अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा आइतबार (भदौ २८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १५ हजार १०० रुपैयाँ कायम छ । शुक्रबार (भदौ २७) छापावाल सुन प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । त्यो हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ५७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । । शुक्रबार चाँदी प्रतितोला दुई हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्