site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुचारु भयो सरकारी भुक्तानी प्रणाली

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले रोकेको भुक्तानी सुचारु गरेको छ । जेनजीको आन्दोलनका क्रममा तोडफोडले गर्दा जथाभावी भुक्तानी जाने भन्दै महालेखाले भुक्तानी रोकेको थियो । आजकै दिनदेखि लागु हुनेगरी महालेखाले भुक्तानी प्रर्णाली सुचारु गरेको हो ।

“केही दिनका लागि सरकारले गर्ने भुक्तानी रोकेको थियो,” अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले बाह्रखरीसँग भने, “आजबाट नै भुक्तानी प्रक्रिया सुचारु गरिएको छ ।”

आन्दोलनका कारण देशका विभिन्न स्थानमा रहेका १५ आन्तरिक राजस्व कार्यालयमा पूर्ण क्षति भएका छन् । त्यसैगरी चार भन्सार कार्यालयमा पनि पूर्ण क्षति भएको छ । पाँच राजस्व कार्यालय र चारवटा भन्सार कार्यालयमा आंशिक क्षति भएको पाण्डेय बताउँछन् ।

यसरी पूर्ण क्षति हुने आन्तरिक राजस्व कार्यालयमा दमक, इटरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौँडा, वीरजञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा छन् । कृष्णनगर, धुलिखेल, इलाम सेवा कार्यालय र सिन्धुलीमा भने आंशिक क्षति भएको छ । यी आन्तरिक राजस्व कार्यालयमा तोडफोड गरेकाले कर्मचारी र कार्यालय प्रमुख मानसिक रूपमा कमजोर भएको पनि बताइएको छ ।

विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति भएको पाण्डेयले बताए । यी कार्यालयबाट हाल सेवा सुरु भइसकेको उनी बताउँछन् ।  

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्