कला
काठमाडौं । जेनजीको प्रदर्शनसँगै बन्द भएका सिनेमा हलहरू आजबाट सञ्चालनमा आएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बन्द रहेका देशभरका सिनेमा हल आजदेखि सञ्चालनमा आएका हुन् ।
चलचित्र संघको आइतबार बसेको बैठकले आजबाट सिनेमा हल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
जेनजीको तोडफोड र आगजानीबाट ध्वस्त भएका बाहेकका १६४ वटा सिनेमा हल आजबाट खुला भएका हुन् ।
आगजनी र तोडफोडबाट पाँचवटा हलमा करिब १७ करोड रुपैयाँ बराबरको क्षति भएको संघले जनाएको छ ।
सुरक्षाका कारण राति १० बजेभित्र सिनेमा हल बन्द भइसक्ने छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ ०८:५४
प्रतिक्रिया दिनुहोस्