site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर कारोबार बुधबारदेखि खुलाउने तयारी

काठमाडौं । धितोपत्र दोस्रो बजार बुधबार (भदौ १ गते)बाट खुलाउने तयारी भइरहेको छ । यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल धितोपत्र बोर्डसँग सहमतिका लागि पत्र पठाएको छ ।

बोर्ड स्रोतका अनुसार, भोलि (मंगलबार) छलफल गरेर निर्णय गर्ने तयारी छ । “हामीले औपचारिक निर्णय भोलि गर्ने तयारी गरेका छौँ,” ती अधिकारीले भने, “औपचारिक निर्णय नभएकाले यही दिनदेखि खुल्छ भन्न मैले सक्दिनँ । तर, बुधबारबाट खुलाउने कि भन्ने छ ।”

भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण बजार २४ गतेदेखि नै बन्द छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरिएको जानकारी नेप्सेले दिएको थियो । तर, लगानीकर्ताले चौतर्फी दबाब दिन थालेपछि नेप्सेले १ गते (बुधबार) देखि नै दोस्रो बजारको कारोबार खुलाउने तयारी गरेको हो । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्