site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साउनको राजस्व विवरण असोज २५ गतेसम्म बुझाउँदा जरिवाना नलाग्ने
अर्थमन्त्री रामेश्वर खनाल ।

काठमडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व विवरण बुझाउने समय एक महिना थप गरेका छन् । मंगलबार (भदौ ३१)को मन्त्रीस्तरीय निर्णयमार्फत व्यवसायीले बुझाउनुपर्ने साउनको राजस्व विवरण असोज २५ गतेसम्म बुझाउँदा कुनै पनि जरिवाना नलाग्ने निर्णय गरेका हुन् । 

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण धेरै व्यवसायीमा प्रभाव परेकाले उनीहरूलाई केही राहत स्वरुप यो व्यवस्था गरिएको छ । यसका लागि सबै आन्तरिक राजस्व कार्यालयहरूमा पत्रचार गरिसकिएको छ ।

साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण असोज २५ गतेसम्म बुझाउँदा हुने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।  

 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्