अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ३० रुपैयाँ घटेर दुई हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी दुई हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ ११:३०
प्रतिक्रिया दिनुहोस्