अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा शुक्रबार (असोज ३) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १६ हजार रुपैयाँ कायम छ । बिहीबार (असोज २) छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा किनबेत भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२ १०:५१
प्रतिक्रिया दिनुहोस्