अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।
आइतबार (असोज ५) सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार (असोज ३) सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा खरिद बिक्री–भएको थियो ।
यस दिन चाँदी प्रतितोला दुई हजार ६२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ ११:४१
प्रतिक्रिया दिनुहोस्