काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १११.७० अंक बढेर बन्द भएको छ । गत बिहीबार तीनपटकको नकारात्मक सर्किट ब्रेकपछिको आइतबार (असोज ५)को कारोबारमा लगानीकर्ता उत्साहित देखिएका छन् । बिहीबार नेप्से परिसूचक १६० अंकले घटेको थियो ।
यस दिन नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज नेप्से परिसूचक ४.४४ प्रतिशतले बढेर २६२३.६२ विन्दुमा बन्द भएको छ । २२४ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा आएका कम्पनीहरूमध्ये ९ वटाको सेयर मूल्य बढेको छ । यसरी सेयर मूल्य बढ्नेमा सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गुडविल फाइनान्स, शिवम सिमेन्ट, जोशी हाइड्रोपावर डेभलपमेन्ट, अपी पावर कम्पनी, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् ।
तुलनात्मक रूपमा निर्जीवन बिमा कम्पनीहरूको सेयर मूल्य घटेको छ । कारोबारमा आएका १३ मध्ये निर्जीवन बिमा र म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । अरू सबै समूहको परिसूचक बढेको छ ।