site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जुट फेसनले सुरु गर्‍यो ई–कमर्स वेबसाइट

काठमाडौं । नेपाली ब्रान्ड जुट फेसनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट जुट डटकम डटएनपी सुरु गरेको छ । बडादसैँको घटस्थापनाको दिन (असोज ६) ई–कमर्स वेबसाइट सार्वजनिक गरिएको हो ।

नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकलाई सहज र आकर्षक किनमेल अनुभव र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ । जुट फेसनको सिर्जनशीलता र गुणस्तरीय फेसनप्रतिको प्रतिबद्धतालाई झल्काउने कम्पनीको विश्वास छ ।

२५ देखि ४५ वर्ष उमेर समूहका फेसनप्रेमी पुरुषलक्षित यो वेबसाइट डिजाइन गरिएको हो । आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीका साथ ग्राहकले सहजै जुट फेसनका सर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अरू सामान अर्डर गर्न सक्छन् ।

कम्पनीका संस्थापक तथा सीईओ श्यामरत्न मालीले भने, “फेसन स्टाइल भनेको हामीले के लगाउँछौँ भन्ने मात्र होइन, यो त तपाईँ हामीले बोक्ने मूल्य–मान्यता र सोचसँग पनि जोडिएको हुन्छ । जुट फेसनको यात्रामा हामीले सुरुदेखि नै फेसनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेका छौँ र गरिरहेनेछौँ ।”

नयाँ वेबसाइटको सुरुआत तथा चाडपर्वको अवसरमा ग्राहकवर्गले ३५ प्रतिशतसम्म छुट पाउनेछन् । पहिलो अर्डरमा थप ५ प्रतिशत छुट पनि प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्