site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भाटभटेनीको क्षति खेदजनक : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले ‘जेनजी’को आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा भएको क्षतिले अर्थतन्त्रमा नै असर पार्ने बताएका छन् ।

मंगलबार (असोज ७) काठमाडौंमा आयोजित ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भाटभटेनीको क्षति खेदजनक रहेको उल्लेख गरे ।

“जेनजीको आन्दोलनमा ठूलो मानवीय र भौतिक क्षति भयो । तर, भाटभटेनीमा भएको क्षति अत्यन्तै खेदजनक छ,” उनले भने, “भाटभटेनीने राज्यलाई तिर्ने ट्याक्स र रोजगारी सिर्जना ठूलो थियो ।”

यो आन्दोलनका कारण निजी क्षेत्रलाई सुरक्षाको डर रहेको उनले बताए । सरकारले निजी क्षेत्रको मनोबल बढाउने काम गर्ने भनेको भए पनि अझै त्रास रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्