site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानीकर्ताको मनोबल बढाउन कार्यदलले देखेका यी हुन् दीर्घकालीन सुधार

काठमाडौं । पुँजी बजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार गर्न बनेको कार्यदलले अर्थमन्त्री रामेश्वर खनाललाई दिएको दीर्घकालीन सुधार सुझावमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्नुपर्ने उल्लेख छ । 

नेप्सेको संरचनागत सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । नेप्सेमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको कारोबार प्रणाली भित्र्याउने पनि सुझाव दिइएको छ । 

सरकारी तथा संस्थागत ऋणपत्र कारोबार गर्ने सम्बन्धमा नीतिगत तथा प्रणालीगत व्यवस्था गर्न पनि सुझाव दिइएको छ । 

कार्यदलले धितोपत्र बजार सञ्चालन र नियमनसम्बन्धी छुट्टाछुट्टै विशिष्टीकृत ऐन, वित्तीय क्षेत्रसम्बन्धी ट्रष्टी ऐन, धितोपत्रसम्बन्धी कसुर तथा सजायसम्बन्धी नियमावली, लगानी परामर्श, अनुसन्धान विश्लेषणसम्बन्धी कानुनी व्यवस्था गर्ने पनि सुझाव दिएको छ ।  

संगठित संस्थाहरूले जारी गर्ने हकप्रद सेयरको सम्बन्धमा राइट रिनोउन्स ट्रेडिङ (आरआरटी) सम्बन्धी विनियम तयार गरी लागु गर्न पनि सुझाव दिइएको छ । 

जीवन बीमकले निर्जीवन बीमक र निर्जीवन बीमकले जीवन बीमकको सेयर खरिद गर्न नपाउने हालको व्यवस्था हटाउन बिमा ऐनमा संशोधन गर्न पनि सुझाव दिइएको छ ।    

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्