site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्ने सीमा बढायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरेको छ ।

भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार हाल प्रचलित प्रावधानअनुसार व्यक्तिगत खातामा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था अस्थायी रूपमा परिमार्जन गरिएको छ ।

असोज १३ गतेदेखि २१ गतेसम्म दसैँ अवधि तथा कात्तिक ३ देखि ७ सम्म तिहार अवधिमा व्यक्तिगत वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले यस निर्णयले दसैँ–तिहारका समयमा हुने कारोबारलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्