अर्थ व्यवसाय
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्राधिकरणमा अध्यक्ष नभएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यलाई सरकारले अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार आन्तरिक राजस्व विभागका उपमहानिर्देशक शर्मालाई बिहीबार (असोज ९ गते)को मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गरेको हो ।
अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपछि यसअघि सेवन्तक पोखरेल अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष भएका थिए ।
पोखरेललाई हटाएर मन्त्री खनालले शर्मालाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ १३:३१
प्रतिक्रिया दिनुहोस्