काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘जेनजी’ आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिलाई ध्यानमा राखेर उद्योगी र व्यवसायीलाई सहुलियत दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
उक्त आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यवसाय पुनर्स्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने समयसम्मका लागि आधारदरमा ०.५ प्रतिशत मात्र ब्याज दिन निर्देशन दिएको हो ।शुक्रबार (असोज १०) एकीकृत निर्देशन, २०८१ मा संशोधन गरेर यो नयाँ व्यवस्था गरेको हो ।
यसरी प्रवाह भएको कर्जाको स्वपुँजी अनुपात (डेप्थ टु इक्वीटी रेसियो) ८०ः२० भन्दा बढी भएमा सुक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई पनि छुट दिइएको छ । यस्तो अनुपात एक वर्षका लागि छुट दिन पनि भनिएको छ ।