site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि नयाँ ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले आफ्ना भविष्यका वित्तीय लक्ष्य निर्धारण गरी सोहीअनुसार बचत गर्न सक्ने सुविधा पाउनेछन् ।

बैंकका अनुसार, यस योजनामा ग्राहकहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको लक्ष्य रकम निर्धारण गरी बचत गर्न सक्नेछन् । लक्ष्य प्राप्तिका लागि आवश्यक अवधि न्यूनतम ६ महिना र अधिकतम दुई वर्षसम्म रहनेछ ।

मासिक कति रकम बचत गर्नुपर्छ, कति ब्याजदर पाइन्छ र लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने विवरण मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत थाहा पाउन सकिने सुविधा छ । ग्राहकहरूले प्राथमिक बचत खाताबाट स्वतः रकम कट्टा हुने वा तोकिएको मितिमा आफैँ रकम जम्मा गर्ने सुविधा पाउनेछन् । साथै, इच्छाअनुसार थप रकम ‘गोल बेस्ड सेभिङ’ मा टप अप गर्न पनि सकिनेछ ।

यस योजनामा ‘राउन्डअप सेभिङ’ को सुविधा पनि छ, जसअन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा निश्चित रकम लक्ष्य बचतमा जम्मा गर्न सक्नेछन् । यसमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प उपलब्ध छन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार यी विकल्पहरू सक्रिय वा निस्क्रिय गर्न सक्नेछन् ।

बैंकले यस योजनामा जम्मा गरिएको रकममा उच्च ब्याजदर उपलब्ध गराउने जनाएको छ । साथै, ग्राहकले आवश्यकताअनुसार तोकिएको समय अगावै खाता बन्द गर्ने सुविधा पनि पाउनेछन् ।

नेपालकै सबैभन्दा ठूलो निजी क्षेत्रको वाणिज्य बैंक बनेको ग्लोबल आईएमई बैंकलाई ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ मा विभिन्न विधामा सम्मानित गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्