site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सार्वजनिक बिदामा निगमका १३ डिपो खुला रहने

काठमाडौं । नेपाल आयल निगमले सार्वजनिक बिदामा पनि १३ वटा डिपो खुला रहने जनाएको छ । आइतबार (असोज १२) विज्ञप्ति जारी गर्दै डिपो खुला रहने जनाएको हाे ।

सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ ।

निगमका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन् । दसैँका समयमा सवारीसाधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्