काठमाडौं । दसैँलाई लक्षित गर्दै आज (असोज १३) तीनवटा नेपाली चलचित्र एकैदिन प्रदर्शनमा आएका छन् ।
हरिवंश आचार्य स्टारर ‘हरिबहादुरको जुत्ता’ समीर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ र धीरज मगर नायक रहेको ‘माइतीघर’ प्रदर्शनमा आएको हो । दसैँको लामो बिदालाई लक्षित गर्दै एकै दिन तीनवटा चलचित्र प्रदर्शनमा आएका हुन् ।
मल्टिप्लेक्सहरूले गरेको बाँडफाँटमा सबैभन्दा धेरै शो ‘बलिदान’लाई दिएका छन् । ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले भने बराबरी शो पाएका छन् ।
एक्सन ड्रामा ‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् । समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन मुख्य भूमिकामा छन् ।
‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । सोसल ड्रामा, कमेडी जानराको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।
हरिवंशसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।
सोसल ड्रामा चलचित्र ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । धीरज मगर, केदार घिमिरे, उपासनासिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।