काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारितभन्दा बढी भाडा असुल्ने यातायात व्यसायीलाई तत्काल कारबाही गरिने बताएका छन् ।
चाडबाडको मौका छोपी बढी भाडा असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायत गुनासा यात्रुबाट निरन्तर आइरहेको उनले उल्लेख गरे । कानुनविपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न उनले आग्रह गरे ।
देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन् । यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका नबनाउन, स्वीकृत भाडादरभन्दा बढी रकम नलिन र टिकटमा कालोबजारी नगर्न उनले आग्रह गरे ।
यातायात व्यवसायीबाट यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल सुरक्षा निकाय र प्रशासनमा खबर गर्न उनले आग्रह गरेका मन्त्री घिसिङको सचिवालयले जानकारी गराएको छ ।