site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमले गर्‍यो काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्डको तयारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल वायु सेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गर्ने भएको छ । निगमले सडक यातायात सहज नभएको र दसैँपछि काठमाडौं फर्किने यात्रुको चाप भएको भन्दै चार्टर्ड उडान गर्ने भएको हो । 

निगमका अध्यक्ष युवराज अधिकारीका अनुसार, सोमबार बिहान चार्टर्ड उडान गर्ने तयारी छ । विशेषगरी वैदेशिक रोजगारीमा जान टिकट लिएका र अशक्त व्यक्तिहरूका लागि विमान चार्टर्ड गर्ने तयारीमा निगम लागेको जनाएको छ । निगमले कतिबेला फ्लाइट हुने भन्ने तयका लागि बैठक गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्