site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकै दिन २६ सय बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो । तर, आज उक्त रेडर्क तोडिएको हो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्