काठमाडौं । चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने जानकारी दिएका हुन् ।
उनले आन्दोलनका क्रममा आफ्ना निजी निवास, कार्यालय, सोरुम र कारखानामा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । तर, पनि दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढिरहेको उनको भनाइ छ ।
“यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ,” उनले बुधबार फेसबुकमा लेखेका छन् ।
उनले रोजगारीसम्बन्धी प्रक्रिया अघि बढाउन चौधरी ग्रुपले इच्छुक परिवारजनलाई समूहका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसुदन पौड्याल (सम्पर्क नम्बर ९८५१२२४०००)सँग सम्पर्क गर्न आग्रह गरेका छन् ।