site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से घट्यो, एकै दिन एक अर्ब १३ करोडले कारोबार बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४५.३६ अंकले घटेर बन्द भएको छ । तर, कारोबार रकम भने एकै दिन एक अर्ब १३ करोड ३६ लाख रुपैयाँले बढेको छ । बुधबार (असोज २२) पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । 

मंगलबार चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । मंगलबारको तुलनामा परिसूचक १.७४ प्रतिशतले घटेर २५५९.५९ विन्दुमा बन्द भएको छ ।

आज १८ कम्पनीको सेयर मूल्य बढेको छ । २३२ कम्पनीको सेयर मूल्य घटेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ । 

९ वटा कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको २६ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । 

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ३.०९ प्रतिशतले घटेको छ ।  

 

 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्