site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजार खुलेको तीन मिनेटमा सकारात्मक ‘सर्किट’ लागेर सम्हालियो सेयर बजार

काठमाडौं । बजार खुलेको पहिलो तीन मिनेटमा ४ प्रतिशतले बढेर बिहीबार (असोज २३) नेप्से परिसूचक २० मिनेटका निम्ति बन्द भयो । त्यसपछिको कारोबारमा बजार सम्हालियो । तर, कारोबारमा उत्साह देखिएन ।

बजार खुलेको एक घण्टामा (मध्याह्न १२ बजेसम्म) बजार ४९.९२ अंकले बढेर २६०९.५१ विन्दुमा छ । एक घण्टामा दुई अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

uadfsgm-1759991269.jpg
सेयर लगानीकर्ताले खोजेको नीतिगत सुधार हुँदा पनि बजारमा कारोबार न्यून देखिएको छ । अझै पनि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले पनि सेयर धितोकर्जाको २५ करोडको सीमा हटाएको छ । बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदमा सहजता प्रदान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्