site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चुकन्दर किलोको ७०, सागसब्जी र फलफूलको यस्तो छ थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असोज २४)का निम्ति कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५५, आलु रातो प्रतिकिलो ५५, आलु रातो (भारतीय) प्रतिकिलो ३९, आलु रातो (मुडे) प्रतिकिलो ४८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ तोकिएको छ ।

यस्तै, गाजर लोकल प्रतिकिलो ११०, गाजर तराई प्रतिकिलो १००, लोकल बन्दा प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ८०, काउली तराई प्रतिकिलो ७०, रातो मूला प्रतिकिलो ५५, सेतो मूला लोकल प्रतिकिलो ३०, सेतो मूला हाइब्रिड प्रतिकिलो ५५, भन्टा लाम्चो प्रतिकिलो ३५, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडी प्रतिकिलो १६०, मकै बोडी प्रतिकिलो ७०, मटरकोसा प्रतिकिलो २२० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, घिउसिमी लोकल प्रतिकिलो १३०, घिउसिमी हाइब्रिड प्रतिकिलो ११०, घिउसिमी (राजमा) प्रतिकिलो २१०, टाटेसिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो ८५, तीतेकरेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ६०, परबर लोकल प्रतिकिलो ८०, परबर तराई प्रतिकिलो ८०, चिचिन्डो प्रतिकिलो ४५, घिरौँला प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ७०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो ९० भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो ११० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ८०, इस्कुस प्रतिकिलो १५, रायोको साग प्रतिकिलो १४०, पालुंगो साग प्रतिकिलो १३०, चम्सुर प्रतिकिलो १५०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ८०, च्याउ कन्य प्रतिकिलो २००, च्याउ डल्ले प्रतिकिलो ३१०, कुरिलो प्रतिकिलो ४५०, निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १९०, चुकन्दर प्रतिकिलो ७०, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो २२०, सेलरी प्रतिकिलो ३००, पार्सले प्रतिकिलो ७००, सौफको साग प्रतिकिलो १४०, पुदिना प्रतिकिलो ६००, गान्टे मूला प्रतिकिलो ७०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १४०, गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २३०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा प्रतिदर्जन १४०, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३५०, सुन्तला (भारतीय) प्रतिकिलो १५०, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १८०, जुनार प्रतिकिलो २६०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो लोकल प्रतिकिलो ८०, काँक्रो हाइब्रिड प्रतिकिलो ४०, नासपाती लोकल प्रतिकिलो ९०, नासपाती चाइनिज प्रतिकिलो २४०, मेवा नेपाली प्रतिकिलो ५५, मेवा भारतीय प्रतिकिलो १००, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो ६५, किबी प्रतिकिलो ३००, सरिफा प्रतिकिलो ११०, आभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी, अमला प्रतिकिलो ८०, अदुवा प्रतिकिलो १२०, सुकेको खुर्सानी प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४५, खुर्सानी हरियो (माछे) प्रतिकिलो १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो १५०, भेडे खुर्सानी प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिकिलो १५०, हरियो लसुन प्रतिकिलो १६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६०, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो एक हजार, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो २८०, ताजा माछा (छडी) प्रतिकिलो २३०, रुख टमाटर प्रतिकिलो १९०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ निर्धारण गरिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्