site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एडीबीबाट १० करोड डलर ऋण लिइने

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी)बाट १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने भएको छ ।

मन्त्रपरिषद्को बिहीबार बसेको बैठकले ऋण प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

“सार्वजनि वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई सदृढ गर्ने कार्यक्रमका लागि एसियाली विकास बैंकबाट १० करोड अमेरिकी डलर बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्