अर्थ व्यवसाय
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणलाई २० अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई सो स्वीकृति दिने निर्णय गरेको हो ।
“सर्तहरू पालना गर्ने गरी नेपाल विद्युत् प्राधिकरणको स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँबराबरको ऋणपत्र/ऊर्जा बण्ड चरणबद्धरूपमा निष्कासन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ १५:२५
प्रतिक्रिया दिनुहोस्