काठमाडौं । नेपाली बजारमा आइतबार (असोज २६) सुनको मूल्य स्थिर छ । अघिल्लै दिनको मूल्यमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शनिबार (असोज २५) छापावाल सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको थियो । र, प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम छ ।
शुक्रबार (असोज २४) छापावाल सुन प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
चाँदी पनि शनिबारकै मूल्यमा किनबेच भइरहेको छ । शनिबार चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा खरिद–बिक्री भएको महासंघले जनाएको छ ।
शुक्रबारको तुलनामा शनिबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको थियो । शुक्रबार चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।