अर्थ व्यवसाय
काठमाडौं । कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य पुनः चयन भएका छन् । आचार्य अर्को चार वर्षका निम्ति अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि पनि बैंकको अध्यक्ष थिए ।
नयाँ सञ्चालक समितिमा अरू सदस्य पनि चयन भएका छन् । शुक्रबार (असोज २४) सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट उनलाई सञ्चालकमा नियुक्त गरिएको थियो । लगत्तै बसेको सञ्चालक समितिको ४०१औँ बैठकबाट आचार्यलाई अध्यक्षमा निर्वाचित गरिएको हो ।
साधारणसभाबाट संस्थापक समूहअन्तर्गत आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र पवनकुमार शर्मा निर्विरोध चयन भएका छन् । उनीहरुको पनि कार्यकाल चार वर्षको हुनेछ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ १३:५९
प्रतिक्रिया दिनुहोस्