site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ७८.८३ अंकले घट्यो, ६ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ७८.८३ अंकले घटेको छ । आइतबार (असोज २६) नेप्से परिसूचक ३.०५ प्रतिशतले घटेर २५०३.३५ विन्दुमा बन्द भएको हो । 

आज सेयर कारोबार रकम भने साढे एक अर्बले बढेको छ । बिहीबारको तुलनामा एक अर्ब ४३ करोडले सेयर कारोबार बढेको छ ।  

यसदिन ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत बिहीबार पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

सेयर लगानीकर्ताले लामो समयदेखि सेयरधितो कर्जाको सीमा हटाउन माग गर्दै आएका थिए । राष्ट्र बैंकले गत बुधबार यो सीमा हटाइदिएको छ । तर, बिहीबार पहिलो घण्टामा त्यसको असर देखिएको थियो । आइतबारको कारोबारमा भने दिनभर नै बजार घटेको थियो । तर, खेलाडीले कित्ता तान्नलाई खेल खेलेको हुनसक्ने अनुमान गरिएको छ । कारोबारको आकार बढेकोले पनि आगामी दिनमा बजार सकारात्मक हुने देखिन्छ । 

आज ९ कम्पनीको सेयर मूल्य बढेको छ । २४१ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ । बुटवल पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, राधी विद्युत् कम्पनी, सीइडीबी होल्डिन्ङ लिमिटेड र विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य आठ प्रतिशतले घटेको छ । 

नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३८ करोड सात लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्