काठमाडौं । एमएडब्लू वृद्धिले नामीको एक हजारबढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ । यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ प्रिमियम ईभी ह्याचब्याकको रूपमा स्थापित गरेको हो ।
एलिस रिसेप्सनमा सम्पन्न कार्यक्रममा एमएडब्लूका वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदारहरूको उल्लेखनीय उपस्थिति थियो ।
नामी करिब १४ महिना अगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो । यस गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलोपटक नाडा अटो शो, २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो । त्यहीँबाट ग्राहकहरूमा यो निकै लोकप्रिय बन्यो ।
यसमा वेलकमिंग सिट, अटो पार्किङ, फ्रेमलेस डुअर, फ्लस ह्यान्डलजस्ता सेगमेन्ट–फर्स्ट फिचरहरू छन् । साथै, वायरलेस चार्जिङ र भेन्टिलेटेड सिटहरूजस्ता सेगमेन्टमै उत्कृष्ट अत्याधुनिक प्रविधिहरू छन् ।
नामीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्ने भएकाले ग्राहकहरूले यसलाई निकै मन पराएका छन् । यसको डिजाइन, प्रिमियम फिचर र रङका विकल्पको पनि निकै आकर्षक छ ।
कार्यक्रममा बोल्दै एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, “ग्राहकहरू नामीलाई यस कारण मन पराउँछन् कि यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ । यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा गरिएभन्दा बढी अनुभव पनि प्रदान गर्छ ।”
बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारण नामीले नेपालको ईभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिइरहेको छ र देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको छ ।