काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असोज २८)का निम्ति कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५७, आलु रातो प्रतिकिलो ५६, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ तोकिएको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो १२५, गाजर (तराई) प्रतिकिलो ११०, लोकल बन्दा प्रतिकिलो ५५, काउली स्थानीय प्रतिकिलो ११०, रातो मूला प्रतिकिलो ६०, सेतो मूला (लोकल) प्रतिकिलो ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ८०, भन्टा लाम्चो प्रतिकिलो ७०, भन्टा डल्लो प्रतिकिलो ८५, तने बोडी प्रतिकिलो १८०, मकै बोडी प्रतिकिलो १०० रुपैयाँ कायम गरिएको छ ।
घिउसिमी (लोकल) प्रतिकिलो १४५, घिउसिमी (हाइब्रिड) प्रतिकिलो १४५, घिउसिमी (राजमा) प्रतिकिलो २५०, भटमास कोसा प्रतिकिलो ११०, तितेकरेला प्रतिकिलो १००, लौका प्रतिकिलो ९०, परबर (लोकल) प्रतिकिलो ११०, परबर (तराई) प्रतिकिलो ११०, चिचिन्डो प्रतिकिलो ८०, घिरौँला प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो ७५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो १००, बरेला प्रतिकिलो १२० रुपैयाँ तोकिएको छ ।
पिँडालु प्रतिकिलो ७५, इस्कुस प्रतिकिलो १५, रायोको साग प्रतिकिलो २००, पालुंगो साग प्रतिकिलो २००, चम्सुर प्रतिकिलो २००, तोरीको साग प्रतिकिलो १००, मेथीको साग प्रतिकिलो २६०, हरियो प्याज प्रतिकिलो ८५, च्याउ (कन्य) प्रतिकिलो २२०, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो २१०, चुकन्दर प्रतिकिलो ७५, रातो बन्दा प्रतिकिलो १२०, जिरीको साग प्रतिकिलो ३००, सेलरी प्रतिकिलो २५०, पार्सले प्रतिकिलो ५५०, सौफको साग प्रतिकिलो ३००, पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो ११०, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २४०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १२०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३५०, सुन्तला (भारतीय) प्रतिकिलो १६०, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १८०, जुनार प्रतिकिलो २६०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, नास्पाती (लोकल) प्रतिकिलो ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो ६०, किबी प्रतिकिलो ३००, सरिफा प्रतिकिलो १२० र आभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरेको छ ।
यसैगरी, अमला प्रतिकिलो ८०, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ३८०, खुर्सानी हरियो प्रतिकिलो ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ११०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो १५०, भेडे खुर्सानी प्रतिकिलो १२०, हरियो लसुन प्रतिकिलो २७०, हरियो धनियाँ प्रतिकिलो २३०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २१०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६०, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो एक हजार, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो २८०, ताजा माछा (छडी) प्रतिकिलो २३०, रुख टमाटर प्रतिकिलो १९०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो रु एक हजार रुपैयाँ निर्धारण गरिएको छ । रासस