site stats
बाह्रखरी :: Baahrakhari
कला
‘कबड्डी–५’को छायांकन सुरु, विपीनको प्रवेश

काठमाडौं । चलचित्र ‘कबड्डी–५’को छायांकन सुरु भएको छ । मुस्ताङबाट चलचित्रको छायांकन सुरु भएको हो । 

सोमबार मुस्ताङमा क्यामेरा ओपन गर्दै ‘कबड्डी–५’को छायांकन सुरु भएको निर्माणपक्षले जनाएको छ । छायांकनको सेड्युल ३५ दिन रहेको छ । 

मुस्ताङसँगै काठमाडौंमा पनि छायांकन हुनेछ ।  चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । रामबाबु यो चलचित्रका निर्माता पनि हुन् । 

कार्यकारी निर्मातामा मणिराम पोखरेल छन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ कमलमणि नेपाल, अरुणा कार्की रहेका छन् । 

‘कबड्डी–५’मा विपीन कार्की र मिस यूके नेपाल–२०१७ सिर्जना गुरुङले प्रवेश गरेका छन् । उनीहरू छायांकनका लागि मुस्ताङ पुगिसकेका छन् । 

‘कबड्डी’का यसअघिका चारवटा सिरिजले राम्रो कलेक्सन गरेका थिए । ‘कबड्डी–४ : फाइनल म्याच’पछि आउन लागेको ‘कबड्डी–५ : आफ्टर फाइनल म्याच’ले पनि राम्रो कलेक्सन गर्नेमा निर्माणपक्ष ढुक्क देखिएको छ । 

चलचित्र कहिले रिलिज हुनेछ भन्ने निर्माणपक्षले खुलाएको छैन । 
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्