site stats
बाह्रखरी :: Baahrakhari
कला
मोहनको ‘जब यादले सताउँछ’ सार्वजनिक

काठमाडौं । गायक मोहन थापाको पहिलो गीत ‘जब यादले सताउँछ’ सार्वजनिक गरिएको छ । गीतमा जीवनका भावनात्मक उतारचढाव, मायाका सम्झना र वियोगका पीडालाई कुमार जोशीका शब्दमार्फत प्रस्तुत गरिएको छ ।

यो गीतको म्युजिक भिडियोलाई ज्योति भण्डारीले निर्माण गरेका छन् । पेसाले १५ वर्षदेखि मानव संशाधन क्षेत्रमा संलग्न थापाले संगीतप्रतिको आफ्नो जीवनभरको चाहना गीतमार्फत व्यक्त गरेका छन् ।

“यो गीत मेरो मुटुनजिक छ र मेरो भावनालाई शब्द र स्वरमार्फत सबैसामु पुर्‍याउने प्रयास हो,” थापाले भने ।

भिडियो निर्माण, निर्देशन, क्यामेरा सञ्चालन तथा सम्पादन नितेश लामाले गरेका छन् । भिडियोमा कलाकार दीपेन्द्र खत्री र अनिशा ओलीको भावनात्मक अभिनय छ ।

संगीत संयोजनमा विक्रम कार्की, कोरसमा विनोद श्रेष्ठ, बाँसुरीमा नरेन्द्रविक्रम राई छन् ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्