काठमाडौं । धितोपत्र दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ । बुधबार परिसूचक २२.५८ अंकले घटेको छ । यसदिन बजार ०.८९ प्रतिशतले घटेर २,५०५.५८ विन्दुमा बन्द भएको हो ।
आज तीन अर्ब १० करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार तीन अर्ब २६ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज ४० कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २०६ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्य स्थिर छ ।
समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । आज यस कम्पनीको २० करोड ५४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।