site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शाओमीको लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

काठमाडौं । शाओमीले आफ्नो नवीनतम स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिकरूपमा सार्वजनिक गरेको छ । यो फ्ल्यागसिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्ने कम्पनीले जनाएको छ ।

“शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन हो । लाइकासँगको सहकार्यले हामीले प्रयोगकर्तालाई उत्कृष्ट तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध गराएका छौँ । एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको साथ यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउनेछ,” शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने ।

शाओमी १५टीमा ५०एमपी मुख्य क्यामरा (२३एमएम), ५०एमपी टेलिफोटो क्यामरा २एक्स अप्टिकल जुमसहित (४६एमएम) र १२एमपी अल्ट्रा गरी तीनवटा लाइका क्यामरा छन्  ।  वाइड क्यामरा, ठूलो अपर्चर भएको लाइका समिलक्स लेन्सले अँध्यारोमा पनि स्पष्ट र रंगीन तस्बिर खिच्न सक्छ ।

फोनको डिजाइन पातलो र आकर्षक छ । यसमा मुलायम किनार, म्याट फिनिस, र केवल ७.५ मिमि पातलो र १९४ ग्राम तौल छ, जसले लामो समय प्रयोग गर्दा पनि सजिलो अनुभव दिन्छ ।

यो फोन आईपी६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन्छ र कोर्निङ गोरिल्ला ग्लास ७आईले स्क्र्याचबाट सुरक्षा दिन्छ ।

फोनमा मेडियाटेक डाइमेन्सिटी ८४०० (अल्ट्रा चिपसेट ४ न्यानोमिटर), १२जीबी एलपीडीडीआर५एक्स र्‍याम र ५१२जीबी यूएफएस ४.१ स्टोरेज दिइएको छ ।

यो एन्ड्रोइड १५ मा आधारित हाइपरओएस २मा चल्छ । यसमा ६.८३ इन्चको एएमोलेड डिस्प्ले, १.५ के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट रहेको छ ।

फ्रन्टतर्फको ३२ए क्यामराले उच्च गुणस्तरका सेल्फी र भिडियो कलका लागि सहयोग गर्ने बताइएको छ ।

शाओमी १५टीमा ५५०० एमएएच ब्याट्री र ६७वाट हाइपरचार्ज फास्ट चार्जिङ सुविधा छ ।

यसमा डुअल सिम, वाइफाइ ६ई, ब्लुटुथ ६.०, मल्टीफङ्शनल एनएफसी, ५जी समर्थन, र जीपीएस, ग्लोनास, ग्यालिलियो, बेइडो, क्युझेडएसएस र नाभिक जस्ता मल्टिब्यान्ड पोजिसनिङ प्रणाली पनि छन् ।

नेपालमा शाओमी १५टी (१२/५१२) मोडेलको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो स्मार्टफोन ब्ल्याक, ग्रे र रोज गोल्ड गरी तीन रंगमा देशभरका शाओमीका अधिकृत स्टोरहरूमा उपलब्ध छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्