site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रदीप खड्का स्टारर ‘प्रकाश’ युट्युबमा

काठमाडौं । प्रदीप खड्का स्टारर चलचित्र ‘प्रकाश’ युट्युबमा रिलिज भएको छ । 

ठूलो चर्चासहित रिलिज भएको र प्रदीपले तारिफ बटुलेको चलचित्र ‘प्रकाश’ अब दर्शकले युट्युबमा नै हेर्न सक्नेछन् ।  

दिनेश राउतको निर्देशन र विकाश सुवेदीको लेखन रहेको चलचित्र ‘प्रकाश’मा प्रदीप खड्का मुख्य भूमिकामा छन् । 

कमर्सियल चलचित्रमा मात्रै काम गर्दै आएका प्रदीपले ‘प्रकाश’मार्फत चरित्र अभिनयमा डेब्यु गरेका थिए, जहाँ उनले तारिफ पनि बटुलेका थिए । 

प्रकाशमा प्रदीपसँगै मुख्य पात्रमा दीया मास्के र रेणु योगी छन् । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्र ‘प्रकाश’ले राम्रो समीक्षा पाएको थियो । बक्सअफिसमा भने औसत दरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्