अर्थ व्यवसाय
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२ १४:३२
प्रतिक्रिया दिनुहोस्