site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से १६.६७ अंकले बढ्यो, दुई अर्ब ७९ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज १६.६७ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६७ प्रतिशतले बढेर २,५०३.१७ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकम भने घटेको छ । आज दुई अर्ब ७९ करोड रुपैयाँको सेयर खरिदबिक्री भयो । बिहीबार तीन अर्ब २७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १६३ कम्पनीको सेयरमूल्य बढ्दा ७८ कम्पनीको घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्