कला
काठमाडौं । चलचित्र ‘कल्ली’का तीनवटा पोस्टर सार्वजनिक गरिएको छ । फागुन १ गतेबाट प्रदशर्नमा आउने चलचित्रको पोस्टरमा नाजिर हुसेन, वर्षा राउत र बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ । अर्को पोष्टरमा कलाकार सुलक्षण भारती छन् । तेस्रो पोष्टरमा सौगात मल्ललाई देख्न सकिन्छ ।
महेश दवाडीको लेखन रहेको चलचित्रमा कथा र निर्देशक लक्ष्मण सुनारको छ । चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्यलगायत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२ १४:४१
प्रतिक्रिया दिनुहोस्