site stats
बाह्रखरी :: Baahrakhari
कला
स्टुडियोमा आत्मदाह प्रयास : गायिका नितुको मृत्यु

काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । 

“कीर्तिपुर बर्न हस्पिटलमा आज बिहान ८:२० बजे मृत्यु भएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बाह्रखरीलाई जानकारी दिए । 

शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।  

उनले १२ दिनअगाडि आफ्नो फेसबुक पेजमा निराशाजनक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, “हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?”

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्