site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कार्यालय जलेपछि टेन्टबाट सेवा, भैरहवा भन्सारको राजस्व संकलन गत वर्षभन्दा बढी

बुटवल । ‘जेनजी’ आन्दोलनको क्रममा देशकै ठुलो भन्सार नाका बेलहीया भैरहवाको कार्यालयमा तोडफोड भए पनि राजस्व संकलनमा उत्कृष्ट नतिजा देखिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भैरहवा भन्सार कार्यालय रुपन्देहीमा तोडफोड भएको थियो । लगत्तै टेन्ट टाँगेर सेवा प्रदान गरेको कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गरेको जनाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा राजस्व असुलीमा केही सुधार गरेको कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले बताए । उनका अनुसार, कार्यालय भवनमा क्षति भएपछि कर्मचारीहरूले टेन्ट (पाल) टाँगेर जाँचपास लगायतका कामहरू गरेका थिए । भन्सार कार्यालयको यात्री कक्ष, प्रशासनिक भवन र वाणिज्य बैंकको भवन जलेका थिए । बन्द भएको कार्यालयले अत्यावश्यक वस्तुको आयात र निर्यात सुचारु गर्न टेन्ट टाँगेर काम सुरु गरेको थियो ।

यस्तो छ तीन महिनाको राजस्व संकलनको अवस्था
कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब ७५ करोड ६३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पहिलो त्रैमासिक अवधिका लागि कार्यालयले २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।

साउनमा आठ अर्ब ८४ करोड आठ लाख ४९ हजार राजस्व संकलनको लक्ष्य राखेकोमा नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ । प्रतिशतको हिसाबले यो रकम लक्ष्यको १०२.०५ प्रतिशत हो । गत वर्षको साउनमा लक्ष्यको ८३.५४ प्रतिशत राजस्व संकलन भएको थियो ।

यस्तै, भदौमा नौ अर्ब ७० करोड ६३ लाख नौ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा नौ अर्ब ४३ करोड ९२ लाख २४ हजार रुपैयाँ असुल गरेको तथ्यांक छ । प्रतिशतको हिसाबले यो लक्ष्यको ९७.२५ प्रतिशत हो । जबकि गत वर्षको भदौमा यो कार्यालयबाट लक्ष्यको ९०.५ प्रतिशत राजस्व संकलन भएको थियो ।

असोजमा १० अर्ब एक करोड ७४ लाख एक हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा आठ अर्ब ७८ करोड १६ लाख ८६ हजार रुपैयाँ असुल भएको छ । यो लक्ष्यको ९२.७१ प्रतिशत हो । गत वर्ष असोजमा भने १००.३९ प्रतिशत संकलन भएको छ । गत वर्ष असोजमा जम्मा २७ अर्ब ४६ करोड ८३ लाख ४२ हजार लक्ष्य रहेकोमा २५ अर्ब सात करोड चार लाख ९९ हजार संकलन भएको थियो ।

att.3LNoPl2ZnL_2dFGITNM6mttV3EQ_sRBMRvLyLiOBrK4-1761643774.jpeg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्