site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एभरेस्ट बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडको २० प्रतिशत लाभांश पारित गरिएको छ । बुधबार (कात्तिक १२) सम्पन्न बैंकको ३१औँ वार्षिक साधारणसभाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश पारित गरिएको हो ।

सभाबाट आर्थिक वर्ष २०८१/८२ को वार्षिकसहित लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ का निम्ति जीपी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाबाट सर्वसम्मतबाट पारित गरिएको बैंकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्