काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३४.२२ अंकले बढेर बन्द भएको छ । बिहीबार (कात्तिक १३) नेप्से परिसूचक १.३३ प्रतिशतले बढेर २६००.३८ विन्दुमा बन्द भएको हो ।
कारोबार रकम दुई अर्ब रुपैयाँले बढेको छ । सात अर्ब ५१ करोड ३९ लाख रुपैयाँको सेयर खदिरबिक्री भएको छ । बुधबार पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज २१६ कम्पनीको सेयरमूल्य बढेको छ । २८ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्य स्थिर छ ।
पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
हिमालयन बैंकको प्रमोटर सेयर सर्वाधिक खरिदबिक्री भएको छ । यो बैंकको एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको प्रमोटर सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । म्युचुअल फन्डको परिसूचक ०.१८ प्रतिशतले घटेको छ ।