site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा सोमबार (कात्तिक १७) सुनको मूल्य स्थिर छ । यस दिन सुनको मूल्य आइतबार (कात्तिक १६)कै कायम छ ।

छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार पनि यही मूल्यमा खरिद–बिक्री भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्