अर्थ व्यवसाय
बुटवल । रुपन्देहीको बुटवलमा आउँदो माघमा कृषि मेला गरिने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा कृषि मेला गर्न लागिएको हो ।
माघ १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनीस्थल ‘बुटवल मण्डप’मा कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
कृषि क्षेत्रको विकास र प्रवर्द्धनका निम्ति संघले ०६२ सालदेखि विशिष्टिकृत कृषि मेला गर्दै आएको छ ।
मेलामा कृषिजन्य उत्पादन, प्रविधि, औजार र उपकरणको प्रदर्शनी तथा बिक्री वितरण, किसान, उपभोक्ता, सेवाप्रदायक संस्था र सरकारबीच अन्तरक्रियालगायत कार्यक्रम गरिने संघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ १२:२२
प्रतिक्रिया दिनुहोस्